मानव जीवन,कविता : धनबहादुर थापा

भोकमा खाने मसिनो मिठो थिएन
एक छाक टार्ने पिठो थिएन ।
निभेको चुलो बाल्न आटो थिएन
फाटेको कपडा फेर्ने साटो थिएन।

स्कुल पढ्न जान्थे सबै खरि पाटि बोकि
थिएन कापि कलम  ड्रेस, समय पो होकि ।
शिशिर यामको जाडोमा टालेको जाङे भोटो लगाउदै
पढी लेखी समाज फेर्ने  नौलो सपना सजाउदै।

थिएन तातो कपडा शरिरमा खुट्टामा चप्पल जुत्ता
नाङो शरिर चिसो भुई रात कटाउने थाङ्ना भुत्ता ।
आकाशको तारा छिर्ने घरको छानो कठ्याङ्रीने जाडो
थिएन पकाउन लाई घरमा नचुहिने राम्रो भाडो ।

ईतिहास बन्दै गयो हेर आज पुर्खाको कुरा
पुराना औजार थिए उलेनि चक्मक ढुङाका छुरा ।
के सुनाउ सबै तिमि लाई मैले पुरानो कहानि ।
कस्टकर थियो सबैको बिगत
मानव जीवन र जवानी ।

IME Remittance