काठमान्डौ\रक्तिम साँस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनपछिको प्रथम राष्ट्रिय भेला संगठनको ३६ औं स्थापना दिवस पारेर काठमान्डौमा सम्पन्न भएको छ ।चैत्र २६ गते सम्पन्न राष्ट्रिय भेलाले २०७९ फागुनसम्ममा चौथो राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने गरी नारायण शर्माको अध्यक्षतामा ३१ सदस्यीय रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति र नारायण योगीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । राष्ट्रिय भेलाले यस अघिको विधानमा भएको व्यवस्थालाई सामान्य परिमार्जन गर्दै उपाध्यक्ष र सचिवको संख्या ३–३ बनाएको छ ।
राष्ट्रिय भेलाद्वारा निर्वाचित केन्द्रीय समितिकमा अध्यक्ष नारायण शर्मा (स्याङजा), उपाध्यक्षहरु– दलबहादुर वि.क. (बागलुङ), मानबहादुर भण्डारी (बाँके) र निलिमा पुन (काठमाडौं), महासचिव उदय रिजाल (कैलाली) सचिवहरु –धर्मदेव पन्त (कंचनपुर) र शरद लामिछाने (बाँके) । सचिबको एक स्थान हाललाइ रिक्त । कोषाध्यक्ष डम्मर भण्डारी (नवलपुर) । सदस्यहरुमा शंकर पुन (गुल्मी), धनबहादुर थापा (बागलुङ), समिर वि.क. (रुपन्देही) पूर्ण राई ‘सर्वहारा’ (मोरङ), खिमा पुन (म्याग्दी), ज्योती फौजा (पर्वत),पम्फा बन्जाडे (दाङ), माधव भाट क्षेत्री (कपिलवस्तु), विमा पुन (गुल्मी), नरेश झुकाल (डडेलधुरा), प्रतिभा शर्मा (काठमाडौं), हिक्मत शाही (कालीकोट), राकेश बस्याल (सुर्खेत), सुमन भण्डारी “संसार” (प्युठान), कमला क्षेत्री (नवलपुर), सुजन थापा (कास्की), इश्वर पाण्डे (बाँके) र कृति पुन (डोटी) । सदस्यको तीन स्थान हाललाई रिक्त राखिएको छ । सल्लाहकारहरुमा संयोजक नारायण योगी (दाङ), सदस्यहरु सुरेन्द्र भण्डारी (मोरङ) र नविना के.सी. (काठमाडौं) । सल्लाहकार सदस्यको पनि दुई स्थान हाललाई रिक्त राखिएको छ ।
नयाँ कार्यसमितिलाई शुभकामना दिँदै जनसाँस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले पछिल्लो समयमा नेपाली समाजमा साँस्कृतिक विचलन सबैतिर देखा परेकोप्रति चिन्ता व्यक्त गर्दै प्रगतिशिल सांस्कृतिक कर्मिहरु अविचलितरुपमा अगाडि बढ्नुपर्ने बताए ।रक्तिमका पूर्व अध्यक्ष नारायण योगीले रक्तिमको विराशतपूर्ण इतिहास र त्यसको प्रवाहलाई कसैले रोक्न खोजेर रोकिने भन्दा यो अझै शक्तिशाली भएर जाने बताउँदै युवा साँस्कृतिक कमीहरुलाई हौसला दिए ।
सो कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका युवा नेता चिरन पुनले नेपाली जनसाँस्कृतिक इतिहासमा रक्तिमको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै, नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । पुनले आफ्नो पार्टीसँग वैज्ञानिक समाजवाद र समाजवाद प्राप्तिको लागि सहकार्य गर्न अनुरोध गरे ।
पत्रकार सेनानी गाविन्द सिंह थापाले रक्तिमले जनवादी आन्दोलनमा पुर्याएको योगदन कसैले मेटाउन नसक्ने र बरु अब यसलाई शसक्त बनाउनु पर्ने धारणा राखे ।त्यस्तै, प्रेस सेन्टर नेपाल अनलाईन विभागका संयोजक तुलसी सापकोटाले रक्तिमको गरिमामय इताहासलाई अझ शसक्त र प्रभावशाली बनाउने बाटोमा गएकोले आफूलाई खुशी लागेको बताए ।
अखिल नेपाल जनसाँस्कृतिक महासंघका उपाध्यक्ष मित्रलाल पंगेनीले नेपाली समाजमा विलक्षण क्षमता र सम्भावना भएपनि विभिन्न भागमा विभाजन हुनु दर्भाग्य भएको बताउँदै, सम्पत्तिमात्रै निजी नभएर पार्टी र आन्दोलन पनि निजीकरण भएकोप्रति चिन्ता व्यक्त गरे ।
सो कार्यक्रममा जनकलाकारहरुको सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए भने उपाध्यक्ष दलबहादुर विकको अध्यक्षता सम्पन्न भएको कार्यक्रमलाई महासचिव उदय रिजालले सञ्चालन गरेका थिए ।
चैत्र २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना भएको दिन हो ।जनगायक जीवन शर्माको नेतृत्वमा २०४३ चैत्र २६ गते रक्तिम साँस्कृतिक अभियानको स्थापना गरिएको थियो ।