काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् ।बिहीबार रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्।यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि उनले राजीनामा दिएका हुन् । कांग्रेसको महामन्त्रीको मतगणना सकिएलगत्तै प्रधानमन्त्री देउवालाई भेटेर उनले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएको उनले बताए। उनी ६ जना प्रतिस्पर्धीमा पाँचौँ नम्बरमा थिए। महामन्त्रीमा रिजालले ८०९ मत पाएका छन्।