राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राप्रपाको अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । मतदान आइतबार बिहान सम्पन्न भएको थियो ।  थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् ।लिङ्देन १८४४ मतका पाएका थिए । भने पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको थियो । ३९ सय १७ मत खसेको थियो ।

४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका थिए । प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको थियो ।