जनवादी गायिका लक्ष्मी गुरुङको निधन भएको छ । लक्ष्मी गुरुङमा केही समय पहिलेदेखि श्वासप्रश्वास संबंधी समस्या थियो ।केहिनदिन अघि स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा गोरखपुर लगिएको थियो , गोरखपुरबाट सुनौली ल्याएपछि समस्या बढेर गयो , थप उपचारकोलागि भैरहवा मेडिकल कलेज लगिएको थियो । अन्ततः भैरहवा मेडिकल कलेजमा उहाँको मृत्यु भएको छ।
गायिका गुरुङकाे यो मेरो जिवन, नेपाली माटोमा फुलेको फुल, परदेशीको सपना, जस्ता दर्जनै गीतहरू चर्चित छन ।गायिका गुरूङ २०४७ साल देखि निरन्तर रक्तिम सांस्कृतिक अभियानमा आवद्ध हुनुहुन्थाे। उहाँको मृत्युुले प्रगतिशील साँस्कृतिक आन्दोलनमा ठुलो क्षति पुर्याएको छ ।