बागलुङ जैमिनीका युवाहरू जेलमुक्त

बागलुङ । संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरैसंगै बागलुङ जैमिनीका युवाहरू जेलमुक्त भएका छन् । यसै शिलशिलामा  बागलुङ जैमिनी १०, राङखानीका मन बहादुर श्रीस श्री प्रसाद थापा, ओमकार श्रीस,  समेत जेलमुक्त भएका छन।

जेलबाट  मुक्त भएपछि संक्षिप्त प्रतिक्रिया दिदै श्री प्रसाद थापाले भने ” हामीले अनाश्यक रूपमा ३४३ दिन जेल जीवन बिताउनु पर्याे । जेल जीवनकाे शिलशिलामा शारीरिक रूपमा उपयाँ र उडुसकाे टाेकाइ बिर्सिननसक्नु थियाे । जेल जीवनकाे चाैघेरा भित्र शारीरिक याताना भन्दा कयाै गुणा बढी मानसिक याताना हुदाेरहेछ । हामीलाइ जेलबाट छुटाउन मद्दत गर्नुहुने सम्पुर्ण ब्यक्ति हरुलाइ विशेष धन्यवाद दिन चाहान्छौ”

IME Remittance