राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारककाे निर्णय ?

काठमाडौं । सरकारले अन्तरिम सरकार गठनपछि आज बसेको पहिलो बैठकका निर्णय सार्वजनिक गरेको छ ।सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ ।

त्यस्तै, जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने, मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने, मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance