आजदेखि धरहरा खुला निः शुल्क चढ्न पाइने

सरकारले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्ने व्यवस्था मिलाएको छ। केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाध अधिकारीका अनुसार बिहीबारदेखि प्रत्येक दिन ६ सय जनाले निःशुल्क धरहरा चढ्न पाउनेछन्। ६ सयमा एक सय कोटा अपांगता भएका तथा वृद्धृवृद्धाका लागि छुट्याइएको छ। प्रत्येक एक घण्टामा सय जनाले धरहरा चढ्नेगरी व्यवस्था मिलाइएको छ।

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले धरहरा डट कम डट जिओबी डट एनपी नामक वेबसाइट खोलेको छ। वेबसाइटमार्फत बुकिङ गर्न सकिनेछ। प्राविविधक समस्याका कारण वेबसाइट नखुलेमा जसले पहिले टिकट लिन्छ, उसलाई प्राथमिकता दिएर धरहरा चढ्न दिइने अधिकारीले बताए।

२०७२ सालको विनाशकारी भूकम्पमा ध्वस्त भएको नेपालको धरहरा पुनर्निर्माण भइसकेको छ। असोज ३ गते संविधान दिवसको दिन पारेर धरहरा सर्वसाधारणका लागि खुला हुँदै छ। संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन। धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयका प्रवक्ता विनु बज्राचार्यले जानकारी गराएकी छन्। उनका अनुसार संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै बिहीबारदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको हो। परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो। धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance