अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलोपल्ट विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौँ — अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका ट्वान्टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका पहिलो पटक विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको हो । दक्षिण अफ्रिका ट्वान्टी-२० विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । दक्षिण अफ्रिका वान डे विश्वकपको पनि फाइनल पुग्न सकेको छैन ।

बिहीबार ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट मैदान अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । दक्षिण अफ्रिकाका लागि रेजा हन्ड्रिक्सले २९ रन बनाए । त्यस्तै एडेन मार्क्रमले २३ रन बनाए । क्विन्ट डी कक भने ५ रनमै आउट भएका थिए । अफगानिस्तानका लागि फजलहक फारुकीले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance