नेपालको शानदार बलिङ, दक्षिण अफ्रिकाद्वारा १ सय १६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी २० विश्वकपमा दक्षिण अप्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।अहिले वेष्ट इन्डिजमा नेपाल र दक्षिण अफ्रिकाबीच खेल जारी छ ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको अप्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाउन सफल भयो ।नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट र कुशल भुर्तेलले चार विकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance