प्रतिनिधि सभामा प्रतिपक्ष र सत्तापक्षबीच धकेलाधेकल

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ ।सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।

बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदहरुले उठेर नाराबाजी गरेपछि सत्तापक्ष र प्रतिपक्ष दलबीच भनाभन भएको थियो। भनाभन चर्कँदै गएपछि दुवै पक्षबीच धकेलाधेकलको अवस्था सृजना भएको हो।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न ससदीय छानबिन समितीको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance