पुर्णिमा श्रेष्ठले गरिन सगरमाथाको दोस्रोपटक सफल आरोहण

गोरखा : गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६:४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् ।

एटके एक्सपिटिशनबाट उनले आरोहण गरेकी हुन् । यसअघि उनले सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् । त्यसपछि विश्वका आठहजार मिटरभन्दा  अग्ला आठ वटै हिमाल उनले लगातार आरोहण गरिसकेकी छन् ।

मनास्लु र सगरमाथा भने दुईपटक आरोहण गरेको उनले बताइन् । यससँगै उनले विश्वका आठहजार मिटरभन्दा अग्ला हिमालको शिखरमा १० पटक पुग्न सफल भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance