हास्य टिभी सिरियल ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ को प्रदर्शन मिति घोषणा गरिएको छ। नेपालको काठमाडौँ र डोल्पा क्षेत्रमामा छायाँकन गरिने उक्त चलचित्र २०८१ फाल्गुण १४ गते महाशिवरात्रीका दिन देशभर प्रदर्शनमा आउने निर्माण कम्पनीले जनाएकाे छ ।
कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ को संयुक्त निर्देशन रहँदै आएको ‘सक्किगोनि’ दर्शकमाझ लोकप्रिय सिरियल हो। सिरियल निर्माणमा लागेको १० वर्षपछि ‘जिग्री र पाँडे’ को टिमले फिल्म बनाउन लागेको हो।