कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै आज बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

कार्कीले आज बिहान ५२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख खापुङ समक्ष आफ्नो दाबी पेश गरेका थिए । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका छन् ।

कोशी प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि भन्दै शुक्रबारसम्मको समय दिएर बुधबार आह्वान गरेका थिए ।यसैगरी प्रदेश प्रमुखको आह्वानविरुद्ध कांग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा आज बिहीबार रिट दायर गरेका छन् । अदालतले के निर्णय दिन्छ त्यो विषय भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance