जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनका लागि बन्द

जनकपुर । जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ ।भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडले शनिबार एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आजदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ ।

इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।

‘मिति २०८१/०१/२३ गते आइतबारदेखि २०८१/०१/२५ गते मंगलवार सम्म ३ -तीन दिनको लागि भंगहा-जनकपुर- जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ,’ सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance