भोलि कतारका राजा नेपाल आउने भएपछि सार्वजनिक बिदा

काठमाडौँ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

 

IME Remittance