आज प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको ३१ औं स्मृति दिवस मनाइएको छ । । पासाङ्ग ल्हामुले २०५० साल वैशाख १० गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा पासाङ ल्हामु शेर्पा मेमोरियल फाउन्डेसनले एक कर्यक्रमको आयोजना गर्दै उनको ३१ औ स्मृती दिवस मनाएको हाे ।
सगरमाथाको सफल आरोहण गरेर फर्किँदै गर्दा उनको निधन भएको थियो। उनको योगदानको कदर गर्दै तत्कालीन सरकारले उनलाई ‘सुप्रदिप्त मान्यवर नेपाल तारा’ले विभूषित गरेको थियो ।