कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । जिल्लाका विभिन्न भाग भएर बग्ने ७ वटा नदीमा तटबन्ध निर्माण सुरु भएको छ । कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाडमा तटबन्धको काम सुरु भएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा नदी कटान नियन्त्रण तथा रोकथाम गर्न रु १७ करोड छ लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

गौरीगङ्गा नगरपालिकास्थित कटैनी नदीमा २ सय ८०, गौरीगङ्गा दुई सय ३०, शिवगङ्गा १ सय ६५ र कैलालीको घुराहा नदीमा १ सय ५० गरी ८ सय २५ मिटर तटबन्धका लागि रु तीन करोडको ठेक्का सम्झौता भएको छ ।

कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि रु ९ करोडको ठेक्का सम्झौता भई काम सुरु भएको छ । घोडाघोडी नगरपालिका–१० कठैया, ११ मग्रहवा र १२ को अम्बारीमा १ किलो १६ मिटर तटबन्ध निर्माणका काम सुरु भएको डिभिजन प्रमुख पालले बताए।

IME Remittance