पारिजातको स्मृति दिवसकाे अवसरमा विभिन्न स्रष्टा एवम् अधिकारकर्मीहरुलाई सम्मान समर्पण

बैशाख ५, साहित्यकार पारिजातको ३१ औं स्मृति दिवसका अवसरमा यहि बैशाख ५ गते  स्रष्टा एवम् अधिकारकर्मीहरुलाई  सम्मानहरू समर्पण गरिएको छ। पारिजात स्मृति केन्द्रले आयोजना गरेकाे उक्त कार्यक्रमका पारिजातकाे नाममा सम्मान समर्पण गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्रगतिवादी समालोचक निनु चापागाई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति रायन  र पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलले पारिजात बालसाहित्य सम्मान- २०८० बाट बालसाहित्यकार प्रा. डा. धुर्व घिमिरेलाई , पारिजात कला सम्मान- २०८० बाट जनवादी गीतकार उदय श्रेष्ठलाई, पारिजात सृजन सम्मान- २०८० बाट कवि शोभा दुलाललाई र पारिजात संघर्षशील नारी सम्मान- २०८० बाट संघर्षशील नारी सम्मान  निर्मला देवि साहलाई  समर्पण गर्नुभयो ।

उक्त समारोहमा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार मोहन दुवालले पारिजातसँग विताएका विगतका समयहरुको संस्मरण गर्दै नेपाली साहित्यमा पारिजातले पुऱ्याउनुभएको योगदानको चर्चा गर्नुभयो । पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष डा. विन्दु शर्माले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कार्यसमिति सदस्य अमृता शर्माले सम्मानित व्यक्तित्वहरुको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नु हुँदै कुलपति भूपाल राईले पारिजात एकजना साहित्यकार मात्र नभएर विचारधाराकै रूपमा स्थापित हुनुभएको व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो। नेपाल प्रज्ञा प्रतिष्ठानले पारिजात विचारधारालाई छलफलको विषय बनाउन चाहिरहेको बताउनुभयो । बेदना अनलाइन बाट

IME Remittance