होली खेल्ने क्रममा विवादमा ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु

काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुईजनाको मृत्यु भएको छ ।होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance