आमा पञ्चकली पुनकाे अन्त्येष्टि समापन कार्यक्रम सम्पन्न

काठमान्डाै । जनगायिका निलिमा पुन,रूपा पुन,माया पुन तथा  शङ्कर पुनकी ममतामयी आमा पन्चकली पुनको निधन भएकाे १३ औ दिनमा आज काठमाडौस्थित अनामनगरमा अन्त्येष्टि समापन कार्यक्रम सम्पन्न भएकाे छ।उहाँको गत फागुन  १८ गते विहान ३ः४० बजे उपचारकै क्रममा न्युरो अस्पताल बाँसबारी,काठमाडौंमा निधन भएको थियो ।

अन्त्येष्टि कार्यक्रम पुनका आफन्तजन सहित संगीत अभियात्रा टिम, रक्तिम साँस्कृतिक अभियानकाे टिम ,नेपाल संगित तथा नाट्य प्रतिष्ठान,अखिल नेपाल जनसांस्कृतिक महासंघ,जैमिनी नगर सेवा समिति काठमाडौं,साइ पुन समाज,काठमाडौ राङखानी मगर समाज,नेपाल मगर संघ, (काठमाडौ बाग्लुङ सम्पर्क समिति) ,रूरू रेसुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. एन्जल्स हर्ट सेकन्डरी स्कुल परिवार, बिर्टिस गोर्खा भुतपुर्व सैनिक संगठन (बिगेसो) लगाएत विभिन्न पार्टी नेता र संघ संस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियो। नेकपा ( मशाल) का महासचिव सन्तबहादुर नेपाली,अखिल नेपाल जनसांस्कृतिक महासंघका सल्लाकार समिति अध्यक्ष माधब प्रधान,नेपाल संगित तथा नाट्य प्रतिष्ठानकाे सदस्य सचिव प्रगति महरा,नेकपा ( मशाल)का प्रवक्ता रामबहादुर बुढा,क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्यहरू राम सिंह थापा,परी थापा,सचिवालय सदस्य पदम लिम्बू ,नेकपा ( माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य ओम प्रकाश पुन,रक्तिमका अध्यक्ष नारायण शर्मा, रक्तिमका महासचिव लक्ष्मी रिजाल उदय,संगीत अभियात्रा टिमका चिरन पुन,अखिल नेपाल युवक संघका केन्द्रीय सचिव सागर भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य टेकहरी न्यौपाने ,बागलुङ छिस्ती गा.बि.स.का पूर्ब अध्यक्ष केशबराज शर्मा,नेकपा (एमाले ) गण्डकी प्रदेश सदस्य सन्जाल शर्मा, युगदर्शन अनलाईनका प्राविधिक गोबिन्द शर्मा, त्रिचन्द्र कलेजका उपप्राध्यापक अर्जुन आचार्य,रातो लालटिन अनलाइनका अमृत आचार्य लगायत सयौं जनाको  उपस्थिति थियो ।

पञ्चकली पुनको वि.स १९९२ वैशाख २६ गते बुवा हस्तबीर थापा र आमा पदमकली थापाको कोखबाट गुल्मीको मलेङ्ग जन्म भएको थियो । उहाँका पति प्रेमलाल पुनको २०४५ असोज १२ गते मृत्यु भएको थियो । पतिको मृत्यु पछि लामो समय सम्म उहाँ आफ्नै घर गुल्मीको खड्गकोटमा बस्दै आउनु भएको थियो। पछिल्लो अवधिमामा उहाँ अस्थायीरूपमा काठमाडौ अनामनगरमा बस्दै आउनु भएको थियो। उहाँका २ छोरा र ३ छोरी हुन् । जेठा छोरा श्री प्रसाद पुनको २०७७ कार्तिक ९ मा कोभिडका कारण मृत्यु भएको थियो। अहिले उहाँका कान्छा छोरा पूर्णबहादुर पुन (शंकर पुन) , छोरीहरू क्रमश रूपा पुन , माया पुन र निलिमा पुन हुनुहुन्छ । जेठी बुहारी हरिमाया श्रीस(पुन) र कान्छी बुहारी चुनु थापा तथा ज्वाईहरू क्रमशः परी थापा ,लालबहादुर थापा र जीवन शर्मा हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *