प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।

कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।सत्ता समिकरण फेरिएसँगै कांग्रेस सरकारबाट बाहिरिएसँगै पुन आज विश्वासको मत लिन लागेका हुन् ।विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance