पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा, नेपाल ८५ रनले विजयी

काठमाडौँ । नेपालले पपुवा न्यू गिनीलाई ८५ रनले हराएको छ । नेपालले पपुवा न्यू गिनीलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ८५ रनले हराएउँदै विजयी भएको हो ।टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९८ रनको लक्ष्य दिएको थियो ।जितका लागि एक सय ९९ रनको लक्ष्य पाएको पपुवा न्यु गिनीले १६.१ ओभरमा १ सय १३ रन मात्र बनाउन सफल भयो ।

नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो ।आजै हुने पपुवा न्युगिनी र हङकङसँगबीचको खेलका विजेताले बुधबार नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *