सत्ता गठवन्धन विघटनउन्मुख

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष, मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेस महासमिति प्रतिवेदनलगायतका विषयले सत्ता गठबन्धन विघटनउन्मुख बनेको छ ।हिजो राति प्रचण्डले एमाले, रास्वपा र जसपाका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । टीआरसीको विषयमा छलफल भएको भनिए पनि मुख्य विषवस्तु सत्तासमीकरण रहेको  बताइएकाे छ ।

हिजोको विकासक्रमपछि आज बिहानैबाट कांग्रेसबाहेक सबै दलहरू आन्तरिक बैठकमा जुटेका छन् । आज बिहान बस्ने भनिएको सत्ता गठवन्धनको बैठक स्थगित बनेको छ । आजै दुवैतर्फको बैठकले नयाँ सत्तासमीकरणबारे औपचारिक निर्णय लिने छ । अहिले माओवादी पदाधिकारीको बैठक बालुवाटारमा बसिरहेको छ भने बालकोटमा एमाले सचिवालयको बैठक जारी छ । रास्वपा र जसपा पनि बैठकमा छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance