नेदरल्यान्ड्समाथि नेपालको शानदार जीत,नेपाल फाइनल प्रवेश

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सहज जीत हासिल गरेको छ ।शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो ।

शनिबारको खेलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.२ ओभरमा लक्ष्य भेट्टाएको हो।नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए। पौडेलले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे।कुशल भुर्तेलले १ चौका र १ छक्कासहित १२ रन, आसिफ शेखले १ चौकासहित ८ रन, गुलसन झाले ३८ रनको योगदान गरे।  झाले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ४ रन र कुशल मल्लले २ रनको योगदान गर्दै अविजित रहे।

IME Remittance