जन गायिका निलिमा पुनलाई मातृशाेक

काठमाडौं ।जन गायिका निलिमा पुनकी ममतामयी आमा पन्चकली पुनको आज काठमाडौमा मृत्यु भएको छ । उहाँको पार्थिव शरीरको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिएकोछ ।

उहाँको आज १८ गते विहान ३ः४०बजे उपचारकै क्रममा न्युरो अस्पताल बाँसबारी ,काठमाडौंमा निधन भएको थियो । अस्वस्थ भए पछि फागुन १६ गते उहाँलाई बाँसबारी स्थित गङ्गालाल अस्पतालमा भर्ना गरिएकोथियो । गङ्गालालले उहाँलाई उपचारका लागि बाँसबारी स्थित न्युरो अस्पतालमा रिफर गरेको थियो ।

दाहसंस्कार स्थल आर्यघाटमा एक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएकोथियो । श्रद्धाञ्जली कार्यक्रमलाई रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले सन्चालन गर्नु भएकोथियो । अध्यक्ष शर्माले पन्चकली पुनजीको जीवनी बाचन गरेर सुनाउनु भएको थियो । पन्चकली पुनको वि। स। १९९२ वैशाख २६ गते बुबा हस्तबीर थापा र आमा पदमकली थापाको कोखबाट गुल्मीको फोक्सिङ्ममा जन्म भएको थियो । उहाँका पति प्रेमलाल पुनको २०४५ असोज १२ गते मृत्यु भएकोथियो । पतिको मृत्यु पछि लामो समय सम्म उहाँ आफ्नै घर गुल्मीको खड्गकोटमा बस्दै आउनु भएकोथियो । पछिल्लो अवधिमामा उहाँ अस्थायीरूपमा काठमाडौ अनामनगरमा बस्दै आउनु भएकोथियो । उहाँका २ छोरा र ३ छोरी हुन् । जेठा छोरा श्रीप्रशाद पुनको २०७७ कार्तिक ९ मा कोभिडका कारण मृत्यु भएको थियो । अहिले उहाँका कान्छा छोरा पूर्णबहादुर पुन (शंकर पुन) , छोरीहरू क्रमश रूपा पुन , माया पुन र निलिमा पुन हुनुहुन्छ । जेठी बुहारी हरिमाया श्रीस(पुन) र कान्छी बुहारी चुनु थापा तथा ज्वाईहरू क्रमशः परी थापा ,लालबहादुर थापा र जीवन शर्मा हुनुहुन्छ । श्रद्धान्जली कार्यक्रममा निधन हुनु भएकी पन्चकली पुन प्रति एक मिनेट मौन धारण गरिएकोथियो ।

दाहसंस्कारमा पुनका आफन्तजन सहित पार्टी नेता र संघ संस्थाका प्रतिनिधिहरूले पुनको पार्थिव शरीरमा फूल चढाउनु भएकोथियो । नेकपा ( मशाल) का महासचिव सन्तबहादुर नेपाली ,नेकपा ( मशाल)का प्रवक्ता रामबहादुर बुढा , क्रान्तिकारी कम्युनिस्ट पार्टी ,नेपालका केन्द्रीय कार्यालय सदस्यहरू रामसिंह श्रीस र परी थापा , सचिवालय सदस्य पदम लिम्बू , नेकपा ( माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य ओम प्रकाश पुन , रक्तिमका अध्यक्ष नारायण शर्मा , रक्तिमका महासचिव लक्ष्मी रिजाल उदय , अखिल नेपाल महिला संघकी महासचिव मनु विक , जन कलाकार कर्ण बिद्राेहि ,प्रगति महरा, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव सागर भण्डारी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य टेकहरी न्यौपाने , रक्तिम काठमाडौका अध्यक्ष प्रतिभा शर्मा र सचिब केशब राना , बागलुङ छिस्ती गाबिसका पूर्ब अध्यक्ष केशब शर्मा ,नेकपा (एमाले ) गण्डकी प्रदेश सदस्य सन्जाल शर्मा, युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापा, युगदर्शन अनलाईनका प्राविधिक गोबिन्द शर्मा, त्रिचन्द्र कलेजका उपप्राध्यापक अर्जुन आचार्य ,रातो लाटिनका अनलाइनका सम्पादक अमृत आचार्य लगायत सयौं जनाको अन्तिम दाहसंस्कारमा उपस्थिति थियो ।

IME Remittance