नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ ।पहिलो चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको हो ।१४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५८ रन बनाए । दीपक बोहराले २७ र आकाश त्रिपाटीले १६ रन जोडे ।

खनालले चौथो विकेटका लागि आकाश त्रिपाटीसँग ४९ र सातौँ विकेटका लागि दीपक बोहरासँग ३६ रनको साझेदारी गरेका थिए ।७३ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले थप १८ रन जोड्दा अन्य ३ विकेट पनि गुमाएको थियो ।गुल्सन झा १, विपिन रावल २ र दीपक डुम्रेले ५ रन बनाए। दीपेश कँडेल ४ रन जोडेर आउट भए ।

IME Remittance