पर्यटकका रोजाइमा खरको छानोको घर

चितवनको पहाडी भेगमा पनि खरको छानो भएका परम्परागत घर भेटिन गाह्रो हुन्छ। २०७२ को भूकम्पले क्षति पुगेपछि प्रायः घरका छानामा जस्तापाता प्रयोग भएका छन्।इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानो घर भने भूकम्पबाट जोगियो। टीकाले सो घर भत्काएर नयाँ बनाउने सोच पनि बनाएकी थिइन्। तर खरले छाएको घर नै पर्यटकको रोजाइमा परेपछि उनले त्यो घरलाई भत्काउने सोच बदलेर मर्मतसम्भार गर्न लागिन्।

IME Remittance