ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ ।मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाह रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जनकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी रावतको उपचारको क्रममा किष्ट अस्पतालमा तथा शाहको पाटन अस्पतालमा मृत्यु भएको हो ।