विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि

काठमाडाैँ । इजरायलको किबुजस्थित कृषि फार्ममा २० असोजमा हमास समूहको आक्रमणपछि बेपत्ता कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको छ ।

नेपाली राजदूतावास र नेपालस्थित इजरायलको राजदूतावासबाट प्राप्त सूचनाका आधारमा जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि भएको हो । ‘हामीलाई प्राप्त भरपर्दो सूचनाअनुसार जोशीलगायत त्यहाँ रहेका थाई नागरिक एकदमै सकुशल छन् । सहज र सकुशल अवस्थामा उनीहरूलाई राखिएको भन्ने भरपर्दो जानकारी आएको छ,’ जोशीले भने । आजकाे नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *