भूकम्पपीडितको राहतका लागि चीन सरकारले २६ करोड सहयोग गर्ने

चीन सरकारले नेपालका भूकम्पपीडितको राहतका लागि २६ करोड रुपैयाँ प्रदान गर्ने भएको छ।नेपालका लागि चिनियाँ राजदूत छन सोङले आपत्कालीन मानवीय सहायताअन्तर्गत भूकम्पपीडितलाई राहतका लागि सहयोग प्रदान गर्न लागेको बताए ।

गत शुक्रबार जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र धनमालको क्षति गरेको छ ।सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ।  भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance