आज नेपालले ओमानसँग टि-२० विश्वकप एसिया छनोटको उपाधिका लागि खेल्दैछ। बिहान ११ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुने एसिया छनोटको फाइनल खेलमा नेपाल र ओमान खेल्दैछन् । दुबै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने टी-२० विश्वकप खेल्नेछन्।
आज हुने खेलको टिकट बिक्रीबाट उठेको ५० प्रतिशत रकम जाजरकोट भूकम्प पीडितहरूलाई दिने क्यानले घोषणा गरिसकेको छ।