जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प, रुकुम पश्चिम र जाजरकाेटमा गरी ८० जना भन्दा बढीकाे मृत्यु

पश्चिम नेपालकाे जाजरकोट केन्द्रविन्दु रहेर शुक्रबार राति भूकम्प  गएको छ। शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको छ । एक सय भन्दा बढी घाइते भएका छन् ।

यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पनि सय बढी घाइते भएका छन् । मध्यरातमा भूकम्प गएकाले थप क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।जाजरकोटको नलगाड नगरपालिका बढी प्रभावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance