यूएईलाई हराउदै नेपाल विश्वकपमा छनोट

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा यूएईलाई हराउदै नेपाल विश्वकपमा छनोट भएको छ।युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ उत्रिएका नेपालले युएईलाई ८ विकेटले हराउदै विश्वकपमा छनोट भएको हो ।नेपालले आगामी  २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।

नेपालका लागी आरिफ शेखले ६३ रन, रोहित पौडेलले ३५  र गुल्सन  झाले २२ रन, कुशल भुर्तेलले ११ रन बनाए।जितसँगै  नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ ।एसियाली क्षेत्रबाट नेपाल र ओमान सन् २०२४ मा हुने विश्वकप खेल्न छनोट भएका छन्  ।

 

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance