टुहुरा बालबालिकालाई नौलो भेन्चरको “दशै दक्षिणा ” काठमाडौं / सामाजिक कामहरुमा योगदान पुर्याउदै आएको सस्था नौलो भेन्चरले बडा दशै – २०८०को अवसरमा दुख पाएका टुहुरा बालबालिकाहरुलाइ सहयोग प्रदान गरेको छ । २९ असोज २०८० का दिन नौलो भेन्चरले लिब्रटी कलेजको प्राङ्गणमा रोटर्याक्ट क्लब अफ लिब्रटी कलेजसँगको सहकार्यमा सो सहयोग सामाग्री प्रदान गरेको हो । सहयोग गरिएका सामाग्रीहरुमा शैक्षिक तथा खेलकुद सामाग्री रहेका छन । नौलो भेन्चरले यस वर्षको दशैं पर्वको उपलक्ष्यमा ” दशै दक्षिणा पासिङ्ग अन द स्माइल” कार्यक्रम २५ असोज २०८० का दिन सफलता साथ सम्पन्न गरेको थियो ।
सो कार्यक्रममा टिकटबाट संकलन भएको रकम २९; असोजका दिन एक समारोहका बिच दिख्यी क्षिरिङ्ग होम लाई हस्तान्तरण गरिएको हो । स्मरण रहोस उक्त संस्थाले विभिन्न ठाँउमा दुःख पाएका र टुहुरा बालबालिकाहरुलाई ल्याएर कक्षा १२ सम्म निशुल्क रुपमा शिक्षा प्रदान गर्ने गर्दै आएको छ । हाल उक्त संस्थामा ११२ जाना बालबालिकाहरु बसोबास गरिरहेका छन ।
बडा दशैको अवसरमा आयोजना भएको उक्त कार्यक्रको नारा नै ” खुशी एक अर्का बिच साटासाट गर्नु ” रहेको थियो । सोहि नारा अनुसार टिकट मार्फत संकलन भएको रकमले दिख्यी क्षिरिङ्ग होममा बस्दै आएका छात्रा र छात्रलाई शैक्षिक र खेलकुद सामग्री प्रदान गरिएको हो । शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गर्नुका साथै नौलो भेन्चरले छात्रा – छात्रलाई दिउँसो मिष्ठान्न भोजन समेत पनि खुवाएको सो संस्थाका सिइयो अङ्कित तण्डुकरले बताए । तण्डुकरले एक प्रेस बक्तब्यनै जारी गर्दै आफ्नो सस्थाको अभियानमा सहयोग पुर्याउने सम्पुर्ण प्रती धन्यवाद व्यक्त गरेका छन । बक्तब्यमा तण्डुकरले अगाडी लेखेका छन – ” नौलो भेन्चरलाई लिब्रटी कलेजले दिएका यो एउटा प्लाटफर्म हो, जसमा विद्यार्थीले किताबमा भएको सीमित ज्ञानलाई प्रयोगात्मक विधी मार्फत आफुमा भएका कमि कमजोरीहरु सुधार गर्ने मौका पाएका छन् ।
यस प्लाटर्फममा विभिन्न किसिमको विभाग हुने हुँदा विद्यार्थीले कुनै पनि संस्थामा कसरी कार्य हुने रहेछ भन्ने थाह पाउनेछन र टिममा काम गर्ने बानीको पनि विकास हुने गर्दछ । यस प्लाटफर्मले अध्ययन र प्रयोगमा रहेको दुरीलाई जोड्ने हुँदा एक विद्यार्थीको नेतृत्व र व्यवस्थापन कलाको विकास गर्न सहयोग पुग्ने अपेक्षा गर्दछ । यस नौलो भेन्चरको कार्यक्रम आयोजन गर्नुको लागि प्रत्यक्ष रुपमा सहयोग गर्नु भएका One step Education Consultant Pvt. Ltd., Imperial Shopping Cart, Society Travel, TEEmize, Ribera’s Solution, Rotary club of Nagarjun, SY Bazzar, Vertigo BBQ / CIC Education Hub लाई धन्यवाद व्यक्त गर्दछौ । “