काठमाडौं । नेपाल सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।इजरायल घटनामामा १० जना नेपालीहरुको हत्या भएपछि सरकारले आजका लागि राष्ट्रिय शोककाे घोषणा गरेको हो । हिजाे मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले आजका लागि राष्ट्रिय शाेककाे निर्णय गरेकाे हाे ।
आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।मन्त्रिपरिषद्काे बैठकले इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेकाे छ ।