काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले इजरायलमा प्यालेस्टाइनले गरेको आक्रमणमा केही नेपालीको निधन भइएको हुन सक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा यस घटनाबारे जानकारी गराउँदै उनीहरुको अवस्था बुझ्न संयन्त्र परिचालन गरिएको बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनका लागि गएका मध्ये १७ नेपाली इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेको र यो गाजा क्षेत्र नजिक रहेको जानकारी गराए । त्यहाँ रहेका १७ विद्यार्थीमध्ये २ जना सकुशल, ३ जना घाइतको स्थानीय अस्पतालमा उपचार भएको र बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको, केही हताहत भएको हुनसक्ने बताए । उनले भने– ‘उनीहरुको स्थिति एकिन गर्न संयन्त्रण परिचालन गरिएको छ । इजरायलमा भएको यस घटनालाई नेपाल सरकारले गम्भीर रुपमा लिइएको छ ।’
नेपाली समयअनुसार हिजो बिहान ६ बजेदेखि हवाई, जल, स्थलमार्गबाट इजरायलको दक्षिणी क्षेत्रमा प्रवेश गरी आक्रमण भएको र दशकौँपछिको यो ठूलो आक्रमणको रुपमा लिइएको उनले बताएका छन् ।