यसपालिको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिइएको छ।नोबेल पुरस्कार समितिले बिहीबार फोसलाई साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।
फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको समितिले ठहर गरेको छ। ६४ वर्षीय नाटककार तथा लेखक फोसले ड्रिम अफ अटम, द नेम लगायत नाटक लेखेका छन्।
फोसा आफ्नै शैलीमा उपन्यासहरू लेख्नुहुन्छ, जसलाई फोसाको न्यूनतावाद (फोसा मिनिमलिजम) को सङ्ज्ञा दिइन्छ । उनले न्यूनतम तथा सरल भाषामा निर्भर भई लय, माधुर्य र मौनताको माध्यमबाट आफ्नो सन्देश आफ्ना नाटक, काव्य तथा अन्य कृतिमा दिन्छन् ।
फोसाको लेखनलाई ‘विषयवस्तुभन्दा रूपले बढी परिभाषित गरिएको छ, जहाँ जे भनिएको छैन त्यो प्रायः के हो भन्दा बढी प्रकट हुन्छ’ ।फोसाले यस प्रतिष्ठित पुरस्कार पाउँदा आफू ‘अभिभूत र केही त्रसित’ भएको प्रतिक्रिया दिएका छन् ।
फोसाको जन्म सन् १९५९ मा भएको हो । उनका ४० नाटक, केही उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन् । आगामी डिसेम्बर महिनामा उनलाई एउटा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने छ ।