काठमाडौँ । भूकम्पपछि बझाङ जिल्लामा पठनपाठन प्रभावित भएको छ । अधिकांश विद्यालयका संरचना भत्किएपछि यहाँका विद्यालय बन्द गरिएका हुन् ।
१२ पालिका रहेको बझाङमा २७८ वटा सामुदायिक, २८ वटा संस्थागत र ८ वटा क्याम्पस रहेका छन । भूकम्पका कारण यहाँ अध्ययनरत ७१ हजार ६८ जना बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले बताए ।
मंगलबार बझाङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि सर्वसाधारण चौरमा पाल टागेर बस्दै आएका छन् । त्रासका कारण मानिसहरु घरभित्र समेत बस्न सकिरहेका छैनन् ।