संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो।  उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पातलमा पुगिसकेका छन्।इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए।उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए।

पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत समन्वयकारी भूमिका खेल्न सक्ने नेम्वाङ स्वच्छ र इमान्दार छवि भएका नेता थिए।

IME Remittance