काठमाडौँ – पुर्व विधार्थी नेता तथा लेखक विमल पोखरेलद्वारा लिखित निबन्ध संग्रह ‘धरतीको इन्द्रेणी’ सार्वजनिक भएको छ।शनिबार रामशाहपथस्थित नेपाल बार एसोसिएसनको सभाहलमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. कौशिला रिसाल र कान्तिपुर टेलिभिजनका सम्पादक अरुण बरालले पुस्तकको विमोचन गरेका हुन।
राजनीतिक कार्यक्रम तथा अन्य सिलसिलामा आफू देशका विभिन्न स्थानमा पुगेपनि लेखक पोखरेलले जसरी आफूले शब्दमा उतार्न नसकेको बताउँदै राजमो उपाध्यक्ष पौडेलले उनको प्रशंसा गरिन्।
यस्तै, प्रलेस अध्यक्ष पोखरेलले ‘धरतीको इन्द्रेणी’ नियान्त्रा नभएर यात्रा निबन्ध रहेको बताए। उक्त पुस्तकमा समावेश भएका २३ वटा निबन्धन धेरै खालका जानकारी र तथ्य भएका कारण यसलाई नियात्रा भन्न नहुने बताएका हुन्।
प्रज्ञा सदस्य रिसालले उक्त पुस्तकमा समावेश भएका सबै निबन्ध पढ्दा लेखक पोखरेल राजनीति र कानुन क्षेत्रमा मात्र नभएर साहित्य क्षेत्रमा पनि निकै अब्बल रहेको पुष्टी हुने बताइन्।
चर्चापरिचर्चा कार्यक्रममा बोल्दै पत्रकार बरालले सुरुमा पढेकै सामग्री हुँदा खल्लो लागे पनिभित्र पढ्दै जाँदा नयाँ तथा पुरानै सबै निबन्धले झनै पढ्न प्रेरित गरेको बताए।
अखिल छैठौँका पूर्वअध्यक्षसमेत रहेकापोखरेलले अध्ययन र विद्यार्थी राजनीतिका क्रममा देशका विभिन्न स्थानमा पुग्दाका आफ्ना भोगाइ, देखेका दृश्य र अनुभूतिहरूलाई शब्दमा उतारेका छन्।उक्त पुस्तकमा २३ वटा निबन्ध छन्। लेखक पोखरेलले सामाजिक, राजनीतिक, भौगोलिक, सांस्कृतिक तथा ऎतिहासिक विषयमा लेखेका निबन्धहरूलाई पुस्तकमा समेटेका छन् । उक्त पुस्तक परिवेश मिडिया प्रालिले प्रकाशन गरेको हो