काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल भर्ना गरिएको थियो ।
प्रधानमन्त्री पत्नी सीता दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो।अस्पतालले उनलाई मृत घोषणा गरेको हो।
उनकाे पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा राखिने र आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ।