भारतको उडिसामा ३ ट्रेन आपसमा ठोकिदा भीषण दुर्घटना, अहिलेसम्म २५० बढीको मृत्यु

बालेस्वर उडीसा, जेठ २० । भारतको ओडिसा राज्यको बालासोर जिल्लामा तीनवटा रेल आपसमा ठोक्किदा २५० भन्दा बढीको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन् । दुर्घटनापछि बचाउ र राहत कार्य चलिरहेको छ  ।
कोरोमंडल एक्सप्रेस २ जुन २०२३ मा कोलकाताबाट चेन्नै जादै गर्दा एउटा मालगाड़ी रेलसंग ठोकिएको थियो । त्यसको केही समय पछि हौराह एक्सप्रेस आएर क्रोमंडल एक्सप्रेससंग ठोकिन पुगेको थियो । तीन रेल ठोकिदा एकै ठाउँमा भयानक दुर्घटना हुन पुग्यो । अहिले रेस्क्युकार्य चलिरहेको छ।
दुर्घटनामा २५० भन्दी बढीले ज्यान गुमाइसकेका छन् भने मृत्युको संख्या बढ्ने अनुमान गरिएको छ । ९०० भन्दा बढी शक्त घाइते छन् । दुर्घटनामा नेपालीहरू परे नपरेको जानकारी हुन सकेको छैन ।
भारत सरकारले मृतकको लागि जनही १० लाख । शक्त घाइतेको लागि २ लाख र सामान्य घाइतेको लागि ५० हज़ार राहत घोषणा गरेको छ ।
चेन्नैबाट कलकत्ता जाने रेलहरुका रूटमा परिवर्तन गरिएको छ । कैयौं रेलहरुलाई रद्द गरिएको छ ।
IME Remittance