कविता: आमा,रुपा पुन

बिजको भ्रुणलाई रगतले
सिंचेर हुर्काउने तिमी हौ आमा
नशा नशा मा बहन्छौ
हर धड्कन मा धड्किन्छौ
नजरको नानीमा तिमी छौ
कठिन घडीमा चाल्ने कदममा
साथ तिम्रो छ आमा,

भोक तिर्खा प्यासमा
ममताको अमृत पनि तिमी हौ
तिमी छौ र त यो संसार उज्यालो छ
हामी सबैको आँट र हिम्मतमा
तिमी नै तिमी छौ आमा,

हर पीडा र व्यथा सहेर
हुर्काउने तिमी जननी हौ आमा
आफ्नो हर इच्छा र आकंक्षा बिर्सेर
हामीमा संसार देख्ने तिमी हौ आमा

हाम्रो खुशीमा रमाउने,
सृष्टिको दियो निभ्न नदिने
तिमी हौ आमा
बिजको भ्रुणलाई रगतले सिंचेर हुर्काउने
मात्रै तिमी हौ आमा

IME Remittance