नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ गरिएको हाे । खाँणलाई प्रहरीले आज बिहान निवासबाट नै गिरफ्तार गरेको हो।नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस, एमालेका शीर्ष नेता र सरकारी उच्चपदस्थ कर्मचारी संलग्न भएको खुलेपछि पछिल्लो समयमा कारबाही गर्न दबाब परेको छ।

प्रहरीले यस प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलगायत अभियुक्तलाई  पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्। टोपबहादुर रायमाझी  लगायत केही ब्यक्तिहरू  फरार रहेका जनाइएको छ।

IME Remittance