उपनिर्वाचन :तनहुँमा करिब साढे १६ हजार भोट गनिसक्दा ५६ प्रतिशत स्वर्णिमलाई

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को जारी गणनाको अपडेट प्राप्त भएको छ । तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको ११ वडाको १६ हजार ३७२ मत गनिसक्दा रास्वपाका डा. स्वर्णिम वाग्लेले ९२०९ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म गणना गरिएको मतको स्वर्णिमले मात्र ५६ प्रतिशत भोट प्राप्त गरेका छन् ।गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ४२१३ मत ल्याएर दोस्रो स्थानमा रहँदा एमालेका सर्वेन्द्र खनाल २४३० मतका साथ तेस्रो स्थानमा छन् ।

IME Remittance