१५४औं लेनिन जयन्ती तथा ७५औं कम्युनिस्ट पार्टी स्थापना दिवश मनाइयो

काठमाडौं / नेकपा ( मशाल ) , नेकपा ( क्रान्तिकारी – माओवादी ) र नेकपा (बहुमत ) ले लेनिनका बिचारहरुलाइ आत्मसात गर्ने प्रण गर्दै १५४ औं लेनिन जयन्ती तथा ७५औं कम्युनिस्ट पार्टी स्थापना दिवश मनाएका छन । इच्छुक प्रतिष्ठानको सभाहल मैतिदेबी काठमाडौंमा २०८० बैशाख ९ गते अर्थात २२ अप्रिल २०२३ का दिन उक्त जयन्ती तथा दिवश मनाइएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै वक्ताहरुले क्रान्तिकारी बिचको दरिलो एकता आजको आवस्यकता भएको बताए । लेनिनका बिचारलाइ आत्मसात गरेर अगाडि बढे मात्रै उहालाइ सम्झिएको अर्थ रहने बताउदै वक्ताहरुले लेनिनका बिचारलाइ ब्यवहारमा प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए । लेनिनको ब्याक्तित्व सामान्य खालको नभएको चर्चा गर्दै अतिथी वक्ताहरुले ” क्रान्तिकारी सिधाान्त बिना क्रान्तिकारी परिबर्तन असम्भव छ ” भन्ने लेनिनको भनाइलाई हर कम्युनिस्ट क्रान्तिकारीहरुले मनन गर्नु पर्ने बताए । नेपालको राजनितीलाई सहि दिशा दिने काम कम्युनिस्ट आन्दोलनले नै गरेको दाबी गर्दै वक्ताहरुले जनगणतन्त्र प्राप्तिको आन्दोलन अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए ।

समारोहमा मन्तब्य राख्ने अतिथी वक्ताहरुमा नेकपा ( क्रान्तिकारी – माओवादी ) स्थाइ समिती सदस्य सिपि गजुरेल , नेकपा ( बहुमत )का संयोगजक धर्मेन्द्र बास्तोला ( क. कन्चन ) र नेकपा ( मशाल )का पोलिटब्युरो सदस्य चिन्तामणी पौडेल रहेका थिए । नेकपा ( क्रान्तिकारी – माओवादी) का प्रवक्ता हरिभक्त कंडेलको अध्यक्षता , नेकपा ( मशाल ) केन्द्रीय समितिकी सल्लाहकार सदस्य सुर्या थापाको स्वागत मन्तब्य र नेकपा ( बहुमत )का प्रवक्ता हेमन्त प्रकाश ओलिको संचालनमा सो समारोह अघि बढेको थियो ।

ज्ञात अज्ञात सहिदहरु प्रती एक मिनेट मौनधारण गर्दै अन्तर्राष्ट्रिय गित गाएर सुरु गरिएको सो समारोहमा नेकपा ( क्रान्तिकारी -माओवादी )का स्थाइ समिती सदस्य राम सिंह श्रीष , नेकपा ( बहुमत )का केन्द्रीय कार्यालयका सदस्यहरु दिपक चलाउने, बाबुराम गजमेर र क. गम्भीरको समेत आतिथ्यता रहेको थियो । समारोहमा रक्तिम सास्कृतिक अभियानका महासचिव लक्ष्मी रिजाल ” उदय ” ले ” नछोड बाटो तिमिले ” र ” छेकेर छेकिन्न ” बोलका जोसिला क्रान्तिकारि गित प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रगतिशील कवि नन्दलाल कंडेलले कविता समेत प्रस्तुत गरेका थिए ।

IME Remittance