शीतलनिवास र सिंहदबारमा थुप्रियो फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा  फोहोर थुप्रिएको छ ।

देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिएकाे छ ।  गृह मन्त्रालय भने रमिते भएको बसेको छ । जबकि, गृह मन्त्रालय आफैंले जारी गरेको आवश्यक सेवामा निषेध गर्न नपाइने २५ बुँदे सूचीकोे १४औँ बुँदामा फोहोरमैला, संकलन र ढुवानीमा अवरोध गर्न नपाइने उल्लेख छ ।