रक्तिमको ३७ औ स्थापना दिवश मनाइयो

बर्दिबास महोत्तरी / रक्तिम सास्कृतिक अभियान केन्द्रीय कार्यालयको आयोजनामा रक्तिमको ३७ औं स्थापना दिवस मनाइएको छ । रक्तिमका सस्थापक अध्यक्ष जीवन शर्माको प्रमुख आतिथ्यतामा २०७९ चैत्र २६ गते महोत्तरी जिल्लाको बर्दिबास स्थित दिपक पार्टी प्यालेसको सभाहलमा रक्तिमको ३७ औ स्थापना दिवस मनाइएको हो ।

समारोहलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै बरिस्ठ जनगायक जीवन शर्माले सङ्गीत अभियात्रा सङ्गै रक्तिमको प्रवाह पनि अघिबढिरहेको देख्न पाउँदा आफुलाइ खुशी लागेको बताउनु भयो । प्रगतिपथको यात्रामा आइलाग्ने विभिन्न बाधा र चुनौतीहरुको रक्तिमले साहास पुर्वक सामना गर्दै आएको स्मरण गराउदै शर्माले सर्वहारा वर्गीय पक्षधरतामा अबिचलित रहदै रक्तिम अगाडी बढ्ने बिस्वास ब्यक्त गर्नु भयो ।

समारोहमा बरिस्ठ जनगायक उदय श्रेष्ठ र ओम श्रेष्ठ , रक्तिमका पुर्व उपाध्यक्ष एवं जनबादी गीतकार , सङ्गितकार र गायक चिरन सि र जनबादी गायक मोहित श्रेष्ठको समेत आतिथ्यता रहेको थियो । रक्तिम स्थापना दिवसका अवसरमा शुभकामना ब्यक्त गर्दै उहाहरुले रक्तिम आफ्नो स्थापना कालको आदर्शलाई आत्मसाथ गर्दै अबिचलित रुपमा अघि बढ्ने बिस्वास ब्यक्त गर्नु भएको थियो । रक्तिमको ३७ औ स्थापना दिवसको सो कार्यक्रम रक्तिम सास्कृतिक अभियानका अध्यक्ष नारायण शर्माको अध्यक्षता , महासचिव लक्ष्मी रिजाल “उदय” को संचालन र कोषाध्यक्ष डमर भण्डारीको स्वागत मन्तब्यमा अघि बढेको थियो ।

समारोहमा जनबादी गायक एवं कलाकारहरु लक्ष्मण पाख्रिन ,रेष्मी मगर , सन्ध्या जिएम , कबिता पुन , अनु शर्मा , आकृति भण्डारी , लक्ष्मी केसि र कुबेर सि लगायतको समेत आतिथ्यता रहेको थियो । चैत्र २६ गते रक्तिम सास्कृतिक अभियान स्थापना गरिएको दिन हो । आज भन्दा ३६ बर्ष पहिले अर्थात २०४३ चैत्र २६ गतेका दिन काठमाडौंको घण्टाघरको प्राङ्गणमा सम्पन्न जनसङ्गितकर्मिहरुको जमघटले जीवन शर्माको नेतृत्वमा रक्तिम सास्कृतिक अभियानको ९ सदस्यीय समिती गठन गरेको थियो ।

IME Remittance