एसईईलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने  एसईई  परीक्षालाई व्यवस्थित  बनाउन आग्रह  गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह  गरेका हुन्।

उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका छन्।एसईई परीक्षा आज बिहान ८ बजेदखि सुरू हुँदैछ। देशभरका करिब पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

IME Remittance